FAQs Complain Problems

वडा नं. २० मा कर संकलन शुरु

धरान उपमहानगरपालिका वडा नं. २० मा वडा कार्यालयबाट नै कर संकलन शुरु भएको छ। यहि जेठ १६ गते एक कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले अनलाइन सफ्टवेयरबाट कर संकलन गरी सो कार्यको थालनि गर्नु भएको हो।
कार्यक्रममा वडाध्यक्ष मणिराम राई, वरिष्ठ राजस्व, सूचना तथा पर्यटन अधिकृत खगेन्द्र खतिवडा, वडा सदस्य लगायत वडावासीको सहभागिता थियो। सो कार्यक्रममा कर्मचारी र उपस्थित सर्वसाधारणलाई कर शिक्षा समेत दिइएको थियो।