FAQs Complain Problems

राय सुझाव उपलब्ध गराउने सम्बन्धमा सूचना

धरानमा रहेको वि. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सर्व सुलभ र सहज बनाउन धरान उपमहानगरपालिका सदैव लागि परेको व्यहोरा जानकारी गराइन्छ। सोहि सन्दर्भमा आगामी सिनेटको बैठकमा सम्पूर्ण धरान नगरवासीको तर्फबाट राख्नुपर्ने सुझावहरु लिखित रुपमा वा इमेल info@dharan.gov.np मा वा फोन मार्फत ०२५-५२०१०९ मा उपलब्ध गराई दिन सम्पूर्ण धरान नगरबासीहरुमा अनुरोध छ।

तिलक राई (नगर प्रमुख)

धरान उपमहानगरपालिका